एक्स्ट्रिम इनर्जी ड्रिङ्कसँग जोडिए नेपाली राष्ट्रिय क्रिकेट टोलीका नौ खेलाडी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामा खेलकुदप्रतिको उत्साह र ऊर्जा बढाउने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नौ चर्चित खेलाडीलाई ‘टिम एक्स्ट्रिम’को सदस्यका रूपमा आबद्ध गरेको छ ।

काठमाडौंस्थित एभरेस्ट होटलमा आयोजित विशेष कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिङ्क र राष्ट्रिय क्रिकेट टोलीका नौ खेलाडीबीच औपचारिक सम्झौता भएको हो । सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्स्ट्रिम’को सदस्य बनेका छन् ।

सम्झौतापछि आबद्ध खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कको लोगो रहनेछ । साथै, कम्पनीले सञ्चालन गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा पनि खेलाडीहरूको सहभागिता रहनेछ ।

नेपाली क्रिकेटमा खेलाडीहरूको लोकप्रियता र युवा पुस्तामा उनीहरूको प्रभावलाई ध्यानमा राखेर गरिएको यस सहकार्यले क्रिकेट र ब्रान्डबीचको सम्बन्ध थप बलियो बनाउने अपेक्षा गरिएको छ । नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्न यस्तो सहकार्य महत्त्वपूर्ण हुने कम्पनीले जनाएको छ ।

एनपीएलका सात टोली समेट्दै एक्स्ट्रिमको विशेष क्यान सार्वजनिक

कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) मा मुख्य प्रायोजकका रूपमा आबद्ध आफ्ना सात टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ ।

एनपीएलका सम्बन्धित टोलीको पहिचान र क्रिकेटप्रतिको समर्थकहरूको उत्साहलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानले खेलाडी तथा समर्थकबीचको सम्बन्धलाई थप नजिक बनाउने कम्पनीको विश्वास छ ।

विशेष संस्करणको क्यानमार्फत एनपीएलको माहोललाई थप रोमाञ्चक बनाउँदै क्रिकेटप्रेमी तथा समर्थकमाझ एक्स्ट्रिमको उपस्थिति प्रभावकारी बनाउने लक्ष्य कम्पनीले राखेको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाली युवाको ऊर्जा, उत्साह र खेलप्रतिको जोससँग आफूलाई जोड्दै आगामी दिनमा पनि क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा निरन्तर सहकार्य र सहभागिता जनाउने जनाएको छ ।

  • १८ आश्विन २०८३, आईतवार २०:३५ प्रकाशित