सरकारमाथि विश्वास राख्नुस्, भदौं २३ को जस्तो नियति अब कसैले भोग्नुपर्दैन : मन्त्री गौतम

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलका शहीद तथा घाइतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गरेकी हुन् । जेनजी आन्दोलनका माग सम्बोधन दैनिक छलफल भइरहेको बताइन् ।

भदौ २३ गते नागरिकमाथि गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताइन् ।

‘यो स्मृति दिवसमा हामी सबैले सङ्कल्प गर्नुपर्छ कि २३ गतेको जस्तो नियति यो देशमा अब कहिले पनि हामी कसैले पनि भोग्न नपरोस्, कोही आमाले पनि भोग्न नपरोस्, कोही परिवारले पनि भोग्न नपरोस् । यहाँहरूका मागहरू धेरै छन्,’ उनले भनिन्, ‘ती मागहरू सम्बोधन गर्नको लागि हामी हरेक दिनजसो अहिलेको सरकारमा रहनुभएका मन्त्रीहरू, अहिलेका संसदमा रहनुभएका सांसदज्यूहरू हरेक दिनजसो कुनै न कुनै तवरले हामी भेटिरहेका छौँ, सरसल्लाह गरिरहेका छौँ, हामी कसरी सहयोग गर्न सक्छौं ।’

शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गरिन् । जेनजीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उनको भनाइ थियो ।

  • २३ भाद्र २०८३, मंगलवार १६:५८ प्रकाशित