काठमाडौं ।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको प्रवक्ता जयन्ती सत्यालले जानकारी दिइन् ।
परीक्षामा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।भने एक लाख चार सय ७१ जना नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । सार्वजनिक गरेको नतिजा अनुसार कुल परीक्षार्थी मध्ये एक लाख चार सय ७१ जना नन ग्रेडेड भएका हुन् ।
सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् । यस्तै, ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । दुई जना परीक्षार्थीको परीक्षा रद्द हुनुका साथै थप एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने कारबाही गरिएको बोर्डले जनाएको छ ।
परीक्षामा चार लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये नियमित तर्फ ३ लाख ३२ हजार २ सय ४१ र आशींकतर्फ ८५ हजार ९२९ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।
परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। जसमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना रहेका छन्।
विद्यार्थीहरूले वेबसाइट: राष्ट्रिय परीक्षा बोर्डको [result.neb.gov.np](http://result.neb.gov.np) वा नेपाल टेलिकमको [neb.ntc.net.np](https://neb.ntc.net.np) मा लगइन गरेर, SMS: NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर, IVR/USSD: नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट आफ्नो नतिजा हेर्न सक्नेछन् ।













