पोखरामा क्रिकेट सम्बन्धी दुई दिने ‘ओ’ लेबल तालिम

केन्द्रभाग मिडिया

पोखरामा क्रिकेट प्रशिक्षण, स्कोरिङ, तथा अम्पायरिङ सम्बन्धि दुई दिने ‘ओ’ लेबल तालिम सम्पन्न भएको छ ।

पोखरा क्रिकेट एकेडेमीको आयोजनामाकिडासा र एमसीसी फाउन्डेसनको सहयोग तथा कास्की जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोगमा तालिम सञ्चालन भएको हो ।

तालिममा सञ्जयकान्त सिग्देल र भोज बरालले अम्पाइरिङ सम्बन्धी, रिजन प्रजु र ऋषिकेश शर्माले कोचिङ सम्बन्धी, तथा आशिष बरालले स्कोरिङ सम्बन्धी तालिम प्रदान गरेका थिए । तालिमका सहभागीहरूलाई गिरासा प्रतिनिधि बसन्त पराजुली सञ्जय आत्रेय लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

कास्कीसँगै गण्डकी प्रदेशका अन्य जिल्लाहरूमा क्रिकेट गतिविधि बढ्दै जाँदा प्राविधिकहरूको अभावका कारण प्रतियोगिता आयोजनामा समस्या देखिएकाले यो तालिम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बबिन कुँवरले जानकारी दिए ।

तालिममा कास्की, पर्वत, स्याङ्जा र तनहुँबाट विभिन्न विद्यालयका सम्बन्धित शिक्षक, पूर्व खेलाडी तथा क्रिकेट प्रेमीहरू सहित ३६ जनाको सहभागिता रहेको थियो ।

  • ३ असार २०८३, बुधबार १६:१३ प्रकाशित