आज सुनको मूल्य घट्यो

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

आज बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९८० रुपैयाँमा कायम भएको छ । गत बुधबार चाँदीको भाउ प्रतितोला ४ हजार ७४० रुपैयाँ थियो ।

  • ३ असार २०८३, बुधबार ११:२६ प्रकाशित