साताको पहिलो दिन आज सुनको भाउ कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको पहिलो दिन आज आइतबार सुनचाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ आज प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९२ हजार रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ७ हजार ६ सय रुपैयाँ घटेको छ । गत आइतबार सुनको भाउ तोलामा ३ लाख ८ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ पुगेको छ । यसअघि गत आइतबार चाँदी ४ हजार ८९५ रुपैयाँमै कारोबार भएको थियो ।

  • ३१ जेष्ठ २०८३, आईतवार ११:३९ प्रकाशित