काभ्रेमा बस दुर्घटना, ७ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुदाँ ७ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरि अस्पताल पठाइएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिएका छन् ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • २९ जेष्ठ २०८३, शुक्रबार १५:२४ प्रकाशित