काठमाडौं ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफूहरू संसद्को जारी गतिरोध हटाउन तपार रहेको तर प्रधानमन्त्री वालेन्द्र शाहले सिमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नुपर्ने अडान दोहोर्याएका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले पुरानै अडान दोहोर्याएका छन् ।
सभामुख डीपी अर्यालसँग समयमा मागेर बोल्दै उनले गत १७ जेठमा नेपालले पनि भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले माफी माग्नै पर्ने बताएका हुन् ।
‘हामी सदन चलाउन तयार छौं । तर हाम्रो माग एउटै छ, ०८३ साल जेठ १७ गते प्रधानमन्त्रीले बोलेको कुरा रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ’, उनले भने, ‘संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ ।’











