स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ४ मल्यांकोटको उकालोबाट बालुवा बोकेको टिप्पर दुर्घटना हुँदा त्यसमा सवार एक जनाको ज्यान गुमेको छ । ज्यान गुमाउने म्याग्दीको मालिका गाउँपालिका ५ का २३ वर्षीय तीलक परियार रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार साँझ ६ बजे भएको दुर्घटनामा घाइते उनलाई उपचारको लागी गह्रौ स्वास्थ्य केन्द्र वालिङ स्याङ्जा वालिङ लागिएकोमा ७ः५ बजे उपचारको क्रममा उनको ज्यान गुमेको हो ।
दुर्घटनामा घाइते भएका सोही ठाउँका १८ वर्षीय करन परियारको खतरामुक्त अवस्थामा उपचार भइरहेको छ । उनको हात र खुट्टामा चोट चोट रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार चापाकोट ४ पुम्दी स्थितमा मल्याङ्कोटबाट घर्लिचौर जाने सडक निर्माणको लागी बालुवा लोड गरी जादै गरेको ग १ क ४४४६ नंम्बर को टिप्पर उकालोमा बाटो चिप्लो भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको हो ।












