आज एकैदिन सुनको भाउ तोलामा १० हजार रुपैयाँले घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि २ लाख ९१ हजार ८ सय रुपैयाँ सुनको मूल्य तोकेको छ ।

अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत बुधबार ३ लाख ११ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ तोलामा १८५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७४० रुपैयाँ कायम भएको छ । गत बुधबार चाँदी प्रतितोला ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

  • २७ जेष्ठ २०८३, बुधबार १२:०३ प्रकाशित