काठमाडौं ।
सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको छ ।
सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
त्यसपछि खेल हुन नसक्दा डीएलएस पद्धति अनुसार नेपाल विजयी भएको हो । डीएलएस पार स्कोर ९५ रहेको थियो । नेपाल १९ रनले अघि रह्यो ।












