आज कति छ सुनको मूल्य ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । यस्तै चाँदीको मूल्यमा केही गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ८ सय ९० रुपैयाँ कायम गरिएको छ ।
यता चाँदीको मूल्यमा भने आज सामान्य गिरावट देखिएको छ । हिजो प्रतितोला ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर ५ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य आज ४ हजार ६ सय ४ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

  • २० जेष्ठ २०८३, बुधबार ११:२६ प्रकाशित