२४ भदौको घटना अपराधिक : मानव अधिकार आयोज

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले गत २४ भदौको घटनालाई आपराधिक कार्य भनेको छ । आयेगले सो घटनामा संलग्न व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरेर कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा २४ भदौको घटना २३ भदौको घटनाबाट प्रभावित भएको देखिए पनि देशभर एकै प्रकृतिको देखिएकाले पूर्वयोजना अनुसार भएको जनाएको छ । जेनजी आन्दोलनका क्रममा युवाको गुमेपछि २४ भदौमा देशभर आगजनी र तोडफोड भएका थिए । त्यसलाई आयोगले पूर्वयोजना अनुसार भएको ठहर गरेको हो ।

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भदौ २४ गतेको घटनाको प्रकृति अवस्था एकै समयमा एकै उद्देश्य लिई देशैभरी भएको देखिँदा यी घटनाहरू अगाडिदेखि नै गरिएको पूर्वयोजना अनुसार संगठित रुपमा गरिएको आपराधिक कार्य हुन् भन्नेमा अनुसन्धान प्रतिवेदनको रायलार्य अन्यथा भनी रहनु पर्ने अवस्था देखिएन।’

२४ भदौ मा तीन जना प्रहरीको हत्या गरिएको, राजनीति दलका नेता तथा कार्यकर्ता, सुरक्षा निकायका कर्मचारीमाथि सांघातिक आक्रमण, प्रदर्शनकारीले गरेको आगजनीमा परि २१ जनाको ज्यान गुमेको  आयोगले उल्लेख गरेको छ। त्यस दिन ज्यान गुमाउने  मध्ये अझै पनि १२ जनाको पहिचना नहुन नसकेको, प्राध्यापक रवि लक्ष्मी चित्रकारलगायत कयौँ व्यक्ति जलेर गम्भीर घाइते भएको, देशभरी अर्बौँ रुपैयाँको धनसम्पत्ति तोडफोड र आगजनी भएको आयोगले उल्लेख गरेको छ।

  • १३ जेष्ठ २०८३, बुधबार १९:१८ प्रकाशित