काठमाडौं ।
साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक मङ्गलबार ९.२४ अङ्क घटेर २७७७.१० विन्दुमा पुगेको हो ।
बजारसँगै बजारमा कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएकामा मङ्गलवार घटेर कारोबार रकम ४ अर्ब ८५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ ।
आज ६९ कम्पनीको मूल्य बढ्दा १९० कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको भने सेयर मूल्य स्थिर रह्यो ।


















