सरकारले तोक्यो बर्खे धानबालीको समर्थन मूल्य

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

सरकारले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि बर्खे धानबालीको समर्थन मूल्य तोकेको छ ।

कृषि वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समर्थन मूल्य तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, मोटो धानको प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय भएको हो ।

‘आर्थिक वर्ष ०८३/०८४ मा वर्षे धानबालीको न्युनतम समर्थन मूल्य मोटो धानको  ३६६० प्रतिक्विन्टल र मध्यम धानको   ३८६० प्रतिक्विन्टल तोक्ने निर्णय भएको छ,’ पोखरेलले भने ।

  • ११ जेष्ठ २०८३, सोमबार १७:०५ प्रकाशित