काठमाडौं ।
सोमबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २७.८५ अंक (१.०० प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २७८६ अंकमा पुगेको छ । बजारको यो अंक वैशाख १४ यताकै उच्च हो ।
आज दिनभर बजार हरियो रह्यो । परिसूचक मात्रै नभई कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९८ करोडको भयो । यो कारोबार रकम वैशाख १५ यताकै उच्च हो ।
२३५ कम्पनीको मूल्य बढेको छ भने २८ को घटेको छ । त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

















