पोखरा ।
हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
आज राति हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको तथा मधेस प्रदेश लगायत बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।













