आज(बुधबार) यी प्रदेशमा वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

  • १२ माघ २०७८, बुधबार ०९:०१ प्रकाशित