टि–ट्वान्टी विश्वकप : नेपालले पायो १८५ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइसीसी पुरुष टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको जारी पहिलो खेलमा नेपालले १८५ रनको लक्ष्य पाएको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन जोड्यो ।

उसका लागि कप्तान ह्यारी ब्रुक र जेकोब बेथेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका बेथेलले ४ छक्का र ४ चौका प्रहार गर्दै ५५ रन जोडे । ब्रुकले ३२ बलमा ५३ रनको योगदान दिए । यस्तै, विल ज्याक्सले अविजित ३९ रनको योगदान दिए । १८ बल खेलेका उनले ४ छक्का प्रहार गर्दै इंग्ल्यान्डको इनिङ्स उकासे । जोस बटलरले २६ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक(एक सफलता हात पारे ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ । नेपालको समूहमा इङ्ल्यान्डसँगै वेस्ट इण्डिज, इटाली र स्कटल्यान्ड छन् ।

  • २५ माघ २०८२, आईतवार १७:०४ प्रकाशित