आज सेयर बजार सूचक दोहोरो अंकले घट्यो

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । गत साता बिहीबार १७ अंक घटेको नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो ।

आइतबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । आइतबार कारोबार सुरु हुँदा २७१४.०५ अंकमा रहेको नेप्से १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा झरेको छ । नेप्सेसँगै सेन्सिटिभ इन्डेक्स पनि २.७६ अंकले घटेको छ ।

आइतबार नेप्सेमा कारोबार भएकामध्ये २ सय १ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ५० कम्पनीको सेयर मूल्य बढेको छ भने ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन हुन सकेन ।

नेप्सेमा मिथिला लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको १९ प्रतिशत घटेको छ ।

आइतबार नेप्सेमा ३ सय २९ कम्पनीको १ लाख १० हजार ७ सय २९ कारोबारबाट ९ अर्ब १० करोड बराबरको २ करोड २० लाख ६० हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

  • १८ माघ २०८२, आईतवार १६:३४ प्रकाशित