सेयर बजारमा उच्च गिरावट, १४ अर्ब १६ करोडको कारोबार

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट भएको छ । मंगलबार बजार बन्द हुँदासम्म नेप्से परिसूचक ४२.५८ अङ्कले घटेर २७२६.५१ विन्दुमा ओर्लिएको हो ।

बजार परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक देखिएको छ । आज दिनभरिमा ३ सय ३३ वटा कम्पनीका ३ करोड २ लाख खरिदबिक्री हुँदा कुल १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । कुल सूचीकृत कम्पनीमध्ये जम्मा ३४ वटाको मूल्य बढेको छ भने २२४ वटा कम्पनीको मूल्य घटेको छ । २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

  • १३ माघ २०८२, मंगलवार १५:३८ प्रकाशित