आज अमेरिकी डलरको भाउ उच्च दरमा स्थिर, अन्य मुद्राको भाउ कति ?

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो यी सबै मुद्राको भाउ उच्च दरमा बढेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनियम दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो ।

हिजो पनि अमेरिकी डलरको बिनिमयदर यही थियो । त्यसैगरि आज युरो १ को खरिदर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा छ । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९८ रुपैयाँ ५८ र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा छ । आज अस्ट्रेलियन डलर १ को खरिदर १०० रुपैयाँ ५५ पैसा र बिक्रीदर १०० रुपैयाँ ९६ पैसा छ ।

हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २८ पैसा छ । आज बहराइन दिनार १ को खरिदर ३८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९० रुपैयाँ ९८ पैसा छ ।

  • ११ माघ २०८२, आईतवार ०८:४८ प्रकाशित