पोखरा ।
पोखरा ६, जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दसैँ–तिहारमा ग्राहकहरूलाई लक्षित गर्दै ल्याएको उपहार योजनाको विजेता सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमको आयोजना गरेर उपहार विजेता सार्वजनिक गरेको हो ।
लक्की ड्रमार्फत बिजेता छान्दा प्रथम पुरस्कार इलेक्ट्रिक स्कुटर अन्नपूर्ण इकोभिलेज रिसोर्टले जितेको छ । दोस्रो पुरस्कार माउन्टेन साइकल विजय तामाङले जितेका छन् । तेस्रो पुरस्कार वाटर डिस्पेन्सर सचिन केसीले जितेका छन् ।
यसैगरी अन्य १७ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको डिपार्टमेन्टल स्टोर्सका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए । सान्त्वना पुरस्कार पाउनेमा सुपर लन्ड्री, हाभेष्ट फुड, अशोक मल्ल, लेक स्पाइस रेस्टुरेन्ट, रिजेश त्रिपाठी, माङकोस्टु जापानिज रेस्टुरेन्ट, दुनाटपरी रेस्टुरेन्ट, शेखर श्रेष्ठ, समय रेस्टुरेन्ट, सरिता बस्नेत, अनिष भट्टराई सउन ओरिजिन रस्टुरेन्ट, सुदेस शर्मा, अमृत बिसी, शिव बराल र इश्वरले सान्त्वना पुरस्कार जितेका हुन् ।
१७ वर्षअगाडि पोखराका पर्यटन व्यवसायीहरूको संयुक्त लगानीमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक आवश्यक पर्ने घरयासी सामग्रीहरू सुलभ मूल्यमा बिक्री गर्दै आएको छ । अघिल्ला वर्षहरूमा पनि स्टोरले उपहार योजना चलाउँदै आएको थियो ।
सुलभ डिपार्टमेन्टल स्टोर्सले होटल, रेस्टुरेन्ट र घरयासी प्रयोगमा आउने किचनका भाँडाहरू थप गरेको छ । करिब २ करोडको लागतमा होटल, रेस्टुरेन्ट, क्याफे र होमस्टेका किचनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा र उपकरण उपलब्ध गराउने लक्ष्यका साथ स्टोरमा थप लगानी गरेको सहकारीका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । उनले आगामी वर्षमा अझै ठूला उपहार योजना ल्याउने समेत बताए । सुपथ डिपार्टमन्टल स्टोर्सले सुपथ मूल्यमा मालसामान उपलब्ध गराएको र ग्राहकको मन जित्न सफल भएको सुनाए ।
उपहार विजेता सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले आफूले वडा प्रहरी कार्यालय बैदाममा काम गर्दा नै सुलभले सुपथ मूल्यमा बस्तु तथा सेवा दिने गरेको जानकारी पाएको बताए ।
तालबाराही मावि व्यवस्थापन समिति अध्यक्ष एवं सुलभ सहकारीका सञ्चालक गोविन्दराज पहारीले ग्राहकको सन्तुष्टिलाई केन्द्रभागमा राखेर सुलभ डिपार्टमेन्टल स्टोर्सले काम गरिरहेको बताए ।
















