उम्मेदवारी मनोनयन दर्ताको दिन सेयर बजारमा उत्साह

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । निर्वाचन सम्पन्न हुने र त्यसले स्थिरता ल्याउने अपेक्षामा सेयर बजार लगानीकर्ता रहेको आजको सेयर बजारले संकेत गरेको छ ।

आज मंगलबार ४२.२६ अंकले बढेको बजार २७१४.८१ बिन्दुमा उक्लिएको छ । जुन १.५८ प्रतिशतको वृद्धि हो । आज सबै उपसूचकमा हरियाली देखियो ।

सबैभन्दा धेरै (३.३६ प्रतिशत) होटल र पर्यटन उपसूचकका लगानीकर्ताले कमाएका छन् । मंगलबार कुल ३ सय ३९ धितोपत्रको १ लाख १५ हजार १ सय ८१ कारोबारबाट २ करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम समेत ११ अर्ब ८५ करोड नाघेको छ ।

  • ६ माघ २०८२, मंगलवार १५:५३ प्रकाशित