पोखरा ।
आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा थियो । यही गएको २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ७० पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा छ । हिजो युरो १ को खरिदर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ ५७ र बिक्रीदर १९५ रुपैयाँ ३७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ १७ र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९७ रुपैयाँ २७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ६५ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ६३ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४५ पैसा थियो ।















