५.५४ अंकले घट्यो नेप्से, ६ अर्ब ४७ करोडको कारोबार

केन्द्रभाग मिडिया

पोखरा ।
नेप्से परिसूचक सोमबार ५.५४ अंकले घटेको छ । गत बिहीबार ४.५९ अंकले बढेर नेप्से २ हजार ६ सय ४०.५४ विन्दुमा बन्द भएको थियो । आइतबार विदा भएकाले सोमबार खुलेको बजार साढे ५ अंकले घटेर बन्द भएको हो । अघिल्लो कारोबार दिनको तुलनामा ०.२० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ३५ विन्दुमा ओर्लेको छ ।

सोमबार कारोबारमा आएकामध्ये ७५ कम्पनीको सेयर मूल्य बढ्यो, १७८ कम्पनीको मूल्य घट्यो र ७ कम्पनीको स्थिर रह्यो । यस दिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या धेरै भएकाले समग्र नेप्से साढे ५ अंकले घटेको हो ।

आज कुल ७८ हजार ८ सय ८ पटकको सेयर कारोबारमा १ करोड २० लाख ९ हजार ७ सय ४४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ४७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत बिहीबार सेयर बजारमा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोषको परिसूचक सामान्य सकारात्मक रहे । बाँकी नौ उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से घटेर बन्द भएको हो ।

  • २८ पुष २०८२, सोमबार १५:३७ प्रकाशित