काठमाडौं ।
चालू आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालू आ.व.को पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाहमा ४.७ प्रतिशतको वृद्धि थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार ०८२ मङ्सिर महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह एक खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो ।
यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।
चालू आवको पाँच महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७०० अर्ब ४३ करोड रुपैयाँ थियो ।















