काठमाडौं ।
सेयर बजार परिसूचक (नेप्से) मा आज दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.३५ अंक ले घटेर २६३५.९४ विन्दुमा ओर्लिएको छ ।
बजारसँगै कारोबार रकम पनि घटेको छ । कुल ३२३ कम्पनीका १ करोड ६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा आज ५ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको थियो ।
आजको कारोबारमा ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । १० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।















