सुनको मूल्य बढेको बढेई : आज तोलाको कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • २२ पुष २०८२, मंगलवार ११:०२ प्रकाशित