पोखरा ।
आज मंगलबार अमेरिकी डलर, बहराइन दिनार, युरोसहितका विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्राको बढेको छ । कुवेती दिनारसहितका केही मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा छ । हिजो पनि युरोको विनिमयदर यही थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।















