आज एकैदिन सुनको मूल्य ७ हजार ९०० रुपैयाँले घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनको मूल्य एकैदिन एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी प्रतितोला ४८९५ रुपैयाँमा कारोबार भएको थियो ।

  • १५ पुष २०८२, मंगलवार ११:१५ प्रकाशित