पोखरा ।
आज (बुधबार) अमेरिकी डलरको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, बहराइन दिनारसहित केही मुद्राको भाउ भने घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्घारण गरेको विदेशी मुद्रको विनिमयदर अनुसार आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा छ । हिजो रो १ को खरिदर १६७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ १८ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रुपैयाँ ११ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५रुपैयाँ ४६ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६६ रुपैयाँ २६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ २१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ४९ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८१ रुपैयाँ २४ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३८१ रुपैयाँ २७ पैसा थियो ।















