काठमाडौं ।
साताको कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १३.८८ अङ्कले घटेर २५८१.२१ विन्दुमा ओर्लिएको छ ।
बजारमा कुल ३३२ कम्पनीका ९१ लाख ६७ हजार कित्ता सेयर ६५ हजार ३१२ पटक खरिदबिक्री भएका छन् । यसबाट कुल ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । नेप्सेका अनुसार आज २०० कम्पनीको सेयर मूल्य घटेको छ भने ५४ कम्पनीको मूल्य बढेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएन ।
बजारमा आज ट्रेडिङ बाहेक सबै समूहका सूचकमा गिरावट आएको छ । होटल तथा जीवन बीमा कम्पनी समूह एक प्रतिशत बढीले घटेको छ ।
बजार समग्रमा घटे पनि केही कम्पनीको मूल्यमा भने उल्लेख्य वृद्धि देखिएको छ । एसवाई प्यानलको सेयर मूल्यमा ९।९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।















