सुनको मूल्यमा नयाँ रेकर्ड

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख २४ हजार ३६५ रुपैयाँ कायम भएको छ ।आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ४ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • ७ पुष २०८२, सोमबार १०:५६ प्रकाशित