मुख्यमन्त्रीले विश्वासको मत लिन मधेस प्रदेश सभा बैठक सुरु

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

मधेस प्रदेश सभाको बैठक सुरु भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने कार्यक्रम छ ।

दिउँसो १ बजेदेखि बस्ने भनिएको प्रदेश सभाको बैठक केही ढिलो गरी सुरु भएको हो । विभिन्न दलबिच छलफल गर्नुपरेकाले बैठक समयमै सुरु हुन नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसैबिच, जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सभा सचेतक रामअशिष यादवले विपक्षी दलहरू विश्वासको मतका सम्बन्धमा तटस्थ बस्ने बताए ।

  • २८ आश्विन २०८२, मंगलवार १४:०७ प्रकाशित