कांग्रेसले संविधान दिवसमा खबरदारी र जागरणसभा गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवसमा खबरदारी र जागरणसभा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयले निर्णय गरेर पार्टीका जिल्ला समिति र भ्रातृसंस्थाको आयोजनामा मुलुकभर खबरदारी र जागरण सभा गर्न निर्देशन दिएको हो ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले असोज ३ गते संविधान दिवसका दिन खबरदारी र जागरणसभा गर्ने केन्द्रका तर्फबाट निर्णय भएको र त्यो कार्यक्रम पार्टीका जिल्ला समिति र भ्रातृसंस्थाले आयोजना गर्ने जानकारी दिए ।

गत भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको प्रावधान बाहिरबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रूपमा असहमति जनाएको कांग्रेसले संविधान दिवसका दिन खबरदारीसभा गर्न लागेको हो ।

 उनले पार्टीका जिल्ला समितिले गोष्ठी, शान्तिपूर्ण प्रदर्शन र अन्तरक्रिया गर्ने जानकारी दिए । संविधानको संरक्षण र पालनामा दबाब दिन त्यस्ता कार्यक्रम आयोजना गरिएको विश्वकर्माले बताए ।

  • २ आश्विन २०८२, बिहीबार १६:५० प्रकाशित