प्रचण्डले बोलाए पदाधिकारी बैठक

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

गजुरेलका अनुसार पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीति लगायत विषयमा छलफल हुनेछ ।

साउन १९ गते बसेको स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो । विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने र नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि छलफल जारी राख्ने निर्णय गरेको थियो ।

तर अझै पनि यस विपरीतका गतिविधि जारी रहेको भन्दै यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

  • ८ भाद्र २०८२, आईतवार ११:३१ प्रकाशित