उपसभामुख हटाउन हस्ताक्षर संकलन भएपछि विपक्षी दलहरू छलफलमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारीस्वरुप सत्तारुढ दलहरूले तयारी थालेपछि विपक्षी दलहरू छलफलमा जुटेका छन् ।सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अहिले विपक्षी दलहरूको बैठक जारी छ ।

बैठकमा नेकपा माओवादी केन्द्रको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे, त्यस्तै, रास्वपाका उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियार, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ध्रुब बहादुर प्रधान र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र सांसद शेर बहादुर कुँवर सहभागी छन् ।

बैठक बस्नुअघि उपमहासचिव वर्षमान पुन अनन्तले उपसभामुखलाई पदबाट हटाउने तयारी थालेर सत्तारुढ दलले विपक्षीहरूलाई तर्साउने काम गरेको आरोप लगाएका थिए ।

माओवादीले कांग्रेस–एमालेले उपसभामुखलाई पदबाट हटाउने कार्य गर्न थालेर गल्ती गरेको बताएको छ ।

  • ३ भाद्र २०८२, मंगलवार १६:४१ प्रकाशित