डल्लुमा झलनाथ र प्रकाण्ड भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बिच भेटवार्ता भएको छ ।

आइतबार बिहान खनाल निवास डल्लुमा दुई नेताबिच भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको बताइएको छ । पछिल्लो समय समाजवादी मोर्चामा रहेका दलहरूबिच सहकार्यलाई बलियो बनाउँदै पार्टी एकता गर्ने चर्चा भइरहेको छ ।

नेकपा एकीकृत समाजवादी, नेकपा र माओवादी केन्द्रबिच पार्टी एकताको चर्चा भए पनि एकताको ठोस प्रक्रिया अघि बढ्न सकेको छैन ।

  • १ भाद्र २०८२, आईतवार १२:४२ प्रकाशित