हेटौँडा ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधा बापतको खर्च ५० प्रतिशतले कटौती गर्ने बताएका छन् । उनले मुख्यमन्त्री निवास तथा कार्यालयमा हुने सुविधा तथा बन्दोवस्ती बापतको खर्च ५० प्रतिशत कटौती गर्ने बताएका हुन् ।
बुधबार बसेको प्रदेशसभाको विशेष समयपछि समय माग गरेर सम्बोधन गर्दै उनले विगतका मुख्यमन्त्रीहरुले गर्दै आएको खर्चलाई ५० प्रतिशत कटौती गर्ने बताए । आफ्नो कार्यकालमा सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेहीता सहित काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा सुविधा बापत प्राप्त हुने रकम निर्वाचन क्षेत्रमा गरिब विपन्नको घर बनाउन खर्च गर्ने घोषणालाई तत्काल कार्यान्वयनमा अघि बढाइने छ । आगामी दशैँ अगाडि नै आफ्नो निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ ९ख०का विपन्न नागरिकको घर आवास निर्माण गर्ने उनले घोषणा गरे ।














