काठमाडौं ।
भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री भदौ १ (१७ अगस्ट)मा काठमाडौं आउन लागेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको एजेन्डा तय गर्न भारतीय विदेश सचिव काठमाडौं आउन लागेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मिश्रीले प्रधानमन्त्री ओलीलाई औपचारिकरूपमा भारत भ्रमणको निम्तो दिनेछन्।
परराष्ट्र मन्त्रालयका सचिव राई र मिश्रबीच द्विपक्षीय बैठक बसेर प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा एजेन्डा तय गरिने स्रोतको भनाइ छ।
प्रधानमन्त्री ओली भदौ ३१ (सेप्टेम्बर १६)मा भारत भ्रमणमा जाँदैछन्।














