बहुविवाहलाई वैधता दिने व्यक्ति विशेषको सोच समग्र राज्यको भन्न मिल्दैन : शंकर पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून मन्त्रालयले तयार पारेको बहुविवाहलाई वैधता दिने सम्बन्धी व्यवस्थाको मस्यौदालाई व्यक्ति विशेषको सोचको संज्ञा दिएका छन् ।

मस्यौदाको आलोचना गर्दै उनले व्यक्ति विशेषको सोचलाई समग्र राज्यको भन्न नमिल्ने तर्क गरेका छन् ।‘विशेष परिस्थिति’मा बहुविवाहलाई मान्यता दिने भन्दै कानून, न्या तथा संसदीय मामिला समितिले विद्यमान कानून नै संशोधन गर्ने तयारी गरेपछि यसको जनस्तरबाट समेत आलोचना भइरहेको छ ।

आइतबार फेसबुकमा लेख्दै सत्तारुढ दल एमालेका महासचिव पोखरेलले बहुविवाहलाई वैधता दिने कानूनको मस्यौदामा समग्र सरकारको सहमति नरहेको भन्दै बचाउ गरेका छन् ।

उनले लेखेका छन्, ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन । सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुखद पक्ष हो ।’

  • १८ श्रावण २०८२, आईतवार १५:३१ प्रकाशित