सप्तरीमा हवाई फायर गरेर २ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रहरीले सप्तरीमा हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् ।

उनीहरूलाई दुई राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।

  • १८ श्रावण २०८२, आईतवार १३:०० प्रकाशित