माओवादीको जागरण अभियान भदौ १५ गतेबाट पुन : सुरु हुने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

नेकपा माओवादी केन्द्रको स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु हुने भएको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकले भदौ मसान्तसम्म अभियान सम्पन्न गर्नेबारे अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

यस्तै केन्द्रीय समिति बैठक कात्तिकतिर मात्र बस्ने उनले बताए । आजको बैठकमा अध्यक्ष प्रचण्डले एजेन्डा पेस गर्दै समसामयिक विषयमा डेढ घण्टा धारणा राखेका थिए ।

  • १६ श्रावण २०८२, शुक्रबार १७:०३ प्रकाशित