वरिष्ठ पात्रकार बद्रीविनोदलाई मातृशोक

केन्द्रभाग मिडिया

पोखरा ।
वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीकलाई मातृशोक परेको छ । उनकी आमा विष्णुमाया खनालको ९० वर्षको उमेरमा शुक्रबार बिहान हृदयघातबाट निधन भएको हो ।

३ साताअघि सामान्य बिरामी परेर विष्णुमाया पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घरमा आराम गरिरहेकी थिइन् । उनका ५ भाइ छोरा र २ बहिनी छोरी छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षसमेत रहेका प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद जेठा हुन् । माहिला रामजी, साहिँला सुरेन्द्र, काहिँला केदार र कान्छा प्रेमविनोद खनाल हुन् । तुलसी पराजुली र सरिता बास्तोला २ छोरी छन् । सबै छोराछोरीहरु आ–आफ्नो पेसा व्यवसायमा अब्बल छन् ।

खनाल परिवारको मूल घर कास्कीको रुपा हो । विष्णुमाया काहिँला छोरा केदारसँग पोखराको लालीगुराँस टोलमा बस्दै आएकी थिइन् । उनका पतिको पहिले नै निधन भइसकेको छ । स्व. विष्णुमायाको शुक्रबार साढे ११ बजे शवयात्रासहित सेती नदी रामघाटमा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।

  • १६ श्रावण २०८२, शुक्रबार १०:२६ प्रकाशित