काठमाडौं ।
तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ ।
शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो ।कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो ।
कारोबार रकम ३ अर्ब ५ करोडमा खुम्चिएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४६ करोडको भएको थियो।













