काठमाडौं ।
सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ ।
कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई पराजित गरेको हो ।सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा काठमान्डुमाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
सुदूरपश्चिम रोयल्सले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो ।सुदूरपश्चिमले पछिल्ला दुई खेलमा लगातार कम स्कोर डिफेन्ड गर्दै शानदार जित हात पारेको हो ।
लिग चरणमा सबै ७ खेल खेलिसकेको सुदूरपश्चिमले ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र शीर्ष दुईमा रहने सम्भावना बलियो बनाएको छ ।
अब लुम्बिनी लायन्स वा काठमान्डु गोर्खाज मध्ये एक टिम अन्तिम खेलमा पराजित भएमा सुदूरपश्चिम शीर्ष दुईमा रहने पक्का छ ।












