सुख्खा पहिरोले पृथ्वी राजमार्ग अबरुद्ध

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।

सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार आज विहान ५ः०० बजे चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिर स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो हटाई सडक सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

  • २३ कार्तिक २०८३, सोमबार ०८:३० प्रकाशित