एनपीएल : जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

जनकपुर र विराटनगर किङ्गसबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले चेज गर्न सजिलो हुने जस्तो लागेर पहिले बलिङ गर्ने निर्णय गरेको बताए ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले राम्रो योगफल बनाएर डिफेन्ड गर्ने लक्ष्य रहने बताए ।

  • १७ कार्तिक २०८३, मंगलवार १२:१९ प्रकाशित