काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकता र महाधिवेशनबाट आएको नेतृत्व उल्टिने विषय संसद् पुनर्स्थापनाको चर्चाजस्तै भएको टिप्पणी गरेका छन्।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति थापाले पार्टीको विधानविपरीत गतिविधि गर्नेहरूलाई विधानबमोजिम कारबाही हुने स्पष्ट पारेका हुन्।
बैठकमा सभापति थापाले सर्वोच्च अदालतबाट कांग्रेसको आधिकारिकता उल्टिन्छ भन्नु संसद् पुनर्स्थापना हुन्छ भन्नेजस्तै रहेको बताए। संसद् उल्टिन्छ भन्ने मान्ने हो भने मात्रै महाधिवेशनबाट आएको कांग्रेसको नेतृत्व उल्टिने उनको भनाइ थियो।
त्यसैगरी, कांग्रेसको विधानविपरीत पार्टीको सदस्यता छाडेर अर्को पार्टीको सदस्य बनेमा आफूले पार्टीको विधानबमोजिम कारबाही गर्ने उनले बताए। राष्ट्रिय सभाका सदस्य, प्रदेश सभाका सदस्य वा पालिकाका प्रमुख अर्को पार्टीमा गएमा पनि विधानबमोजिम नै हुने सभापति थापाले उल्लेख गरे।
हाल भइरहेको अधिवेशन कांग्रेसको नभएको बताउँदै उनले त्यसमा सहभागी हुनेहरूलाई विधानबमोजिम कारबाही गरिने स्पष्ट पारे। थापाले भने, ‘अहिले भएको अधिवेशन कांग्रेसको होइन, त्यसमा सहभागी हुनेलाई विधानबमोजिम कारबाही हुन्छ।












